फस्टलुक सार्वजनिक गर्दै ‘ज्वाई साब’ टिमले गर्यो प्रदर्शन मिति फाइनल



रंगखबर, काठमाडौँ: बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फाइनल गरेको हो ।

यो फिल्मलाई असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मको एक गीतको मात्र छायांकन गर्न बाँकी छ । हाल फिल्मको धमाधम पोष्ट प्रोडक्शनको काम भइरहेको छ ।
दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्मको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् । फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाहा गरेर फूलपातिमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्