‘रावायण’को पावर प्याक टिजर रिलिज



रंगखबर, काठमाडौँ: भदौ २१ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘रावायण’को पावर प्याक टिजर रिलिज गरिएको छ।  शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप फिल्मको टिजर सार्वजनिक गरेको हो। फिल्मका निर्माण टिमले २ दिन अघि मात्र अभिनेता पल शाह फिचर्ड क्यारेक्टर लुक रिलिज गरेको थियो। जसले राम्रो प्रतिक्रिया पनि पहिरहेको छ। १ मिनेट २० सेकेन्ड लामो फिल्मको टिजरमा पनि पललाई केन्द्रमा रखिएको छ।  टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा राखिएको छ ।

फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पुजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन् ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्म सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको हो भने फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द,विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्