‘सतीदेवी’ टिमको ‘ठुङ मार्ने’ प्रतियोगिता



रंगखबर, काठमाडौँ: लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को टिमले ‘ठुङ मार्ने’ प्रतियोगिता घोषणा गरेको छ। टिमले हालै मात्र मौलिकता खल्काउने एक फोटो सार्वजनिक गर्दै उक्त प्रतियोगिताको घोषणा गरेको हो। सार्वजनिक फोटोमा फिल्मका मुख्य पात्रहरु लिका महत, श्रृजना अधिकारी, सुजीता सिवाकोटीको साथमा तीन बालकलाकारहरु हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पीढीमा लस्करै बसेर एक अर्काको ठुङ मारिरहेका छन् ।

निर्माण टिमले घोषणा गरेको प्रतियोगितामा सहभागी हुन कुनै पनि परिवारका महिला सदस्यहरुले सँगै बसेर  ठुङ मार्दै गरेको फोटो खिचेर सामाजिक संजालमा ‘सतीदेवी भदौ ७ गतेबाट प्रदर्शन हुँदैछ’ भनेर क्याप्सन लेख्नुपर्नेछ ।

दर्शक ठुङ मार्दै गरेको फोटो भने फेसबुक पेज Sati Devi Nepali Movie (सतीदेवी) मा ट्याग/मेन्सन गर्ने र इन्बक्समा पठाउनु पर्ने छ, अथवा  @Laxmanzee इन्टाग्राममा अनिवार्य ट्याग/मेन्सन गर्नुपर्ने छ ।

फोटोहरुमध्ये प्रथम स्थान हासिल गर्नेलाई २० हजार, दोस्रो हुनेलाई १० र तेस्रो हुनेलाई ५ हजार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा क्रियशनले बताएको छ । फोटो साउनको ३१ गतेसम्म पठाइसक्नुपर्नेछ ।

फोटो प्रतियोगिताको अन्तिम नतिजा भने भदौ ३ गते सार्वजनिक गरिने तथाबिजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने निर्माण टिमको जानकारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्