‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ रिलिज



रंगखबर, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ बोलको गीत रिलिज गरिएको छ। सार्वजनिक गीतमा इन्द्रकला राईको आवाज रहेको छ भने शब्द संगीत र एरेन्ज जयन जे वाइबाको रहेको छ। गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत र सिमरन खड्कालाई फिचर्ड गरिएको छ।

मेघौली गाउँमा खिचिएको फिल्मलाई साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको छ।  यी दुईको यो डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा स्वास्तिमा खड्का र निश्चल बस्नेतलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा आकाश र साजनकै संयूक्त लेखन रहेको छ। फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेका छन् ।

असोज १७ गतेबाट रिलिज हुने फिल्ममा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्