‘माइली’मा करिश्मा मानन्धर अनुवन्धित



रंगखबर, काठमाडौँ: रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’मा अभिनेत्री करिश्मा मानन्धर अनुवन्धित भएकी छिन। निर्माण टिम र करिश्माबीच सम्झौता भई सकेको छ। करिश्मा पछिल्लो समय फिल्म बगानमा देखिएकी थिइन्। जसमा उनको अभिनयको प्रशंसा निकै भएको थियो।  फिल्ममा यस अघि अभिनेत्री प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् ।

सत्यघटनामा आधारित हुने जानकारी निर्देशक बलामीले दिएका छन। फिल्म श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्षको कथामा आधारित रहेर बन्ने फिल्ममा  शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ ।

प्रतिक्रिया दिनुहोस्