यस्तो बन्यो ‘घरज्वाइँ’को ट्रेलर



रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका अरहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। मगर समुदायको कथामा आधारित फिल्मको ट्रेलरमा दया र मिरुनालाई केन्द्रमा रखिएको छ।

जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा सुशन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन, मनोज थापा मगर र एसडी योगीको संगीत, अनिल बुढा मगर, विनोद खतिवडा र सुवास कोइरालाको पटकथा, अनिलकै कथा रहेको छ ।

असारको २८ गतेबाट रिलिज हुन लागेको फिल्ममा दया र मिरुनाका अलावा शिशिर वाङ्देल, राज थापामगर, कविता आले मगर, वुद्दि तामाङ, पुष्कर गुरुङ, अनु थापा, सुनिल मगर, भोलाराज सापकोटा, खबपु पुन, विना थापा मगर, सुरेश पुन लगायतका कलाकारको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्