‘जेरी अन टप’ विवाद बारे आना शर्माको जवाफ



रंगखबर, काठमाडौँ: केहि दिन देखि नेपाली सिने वृतमा फिल्म ‘जेरी अन टप’ चर्चामा रहेको छ।  कारण हो फिल्मकि मुख्य अभिनेत्रीको फिल्मबाट आउट हुनु र अर्की अभिनेत्री इन हुनु। घोषणा देखि नै फिल्ममा आना शर्मा फिल्ममा मुख्य अभिनेत्रीको रुपमा अनुवन्धित भएकी थिईन। उनि  केहि समय सम्म फिल्मको वर्क सपमा पनि बसेकी थिईन तर एकाएक उनि फिल्मबाट बाहिरिएको वा भनौ उनलाई निकालिएको खबर बाहिरियो।  अनि फिल्ममा इन्ट्री भयो अभिनेत्री जसिता गुरुङको।  निर्माण टिमले आनालाई प्रोफेसनल नभएको भन्दै फिल्मबाट निकालिएको खबरहरु बाहिरिन थाले।  अब भने अभिनेत्री शर्माले उक्त विवादबारे मुख खोलेकी छिन उनले सामाजिक संजालमा स्ट्याटस लेख्दै मैले व्यावासायिक उत्तरदायित्व ननिभएको भए महिनौंदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ ? भन्दै निर्माण टिमसँग प्रशं गरेकी छिन्।

शर्माको स्ट्याटस यस्तो छ : ‘एउटा चलचित्रमा मलाई हटाएर अरू कसैलाई राखिएको विषयमा समाचारहरू देखिरहेकी छु । केही कुरा स्पष्ट पार्नुपर्ने भएकाले यो लेख्दै छु ।
फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि नै मैले आफ्नो बिसन्चोबारे टोलीलाई जानकारी दिइसकेकी थिएँ । त्यही दिन उनीहरूले मेरो ठाउँमा अरू कसैलाई अनुबन्ध गरिसकेको जानकारी दिए । यसबारे मलाई पहिले कुनै सूचना र जानकारी दिइएको थिएन । फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखें । उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ । यसले मलाई ठूलो चोट दियो ।

मैले व्यावासायिक उत्तरदायित्व ननिभएको भए महिनौंदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ ? ‘सम्झौतामा हस्ताक्षर गरौं न’ भनिरहँदा उनीहरूले किन पटक-पटक आलटाल गरिरहे ? सम्झौता नगरिकनै किन फोटोसुट र लुक टेस्ट गरिरहे ?

यो फिल्मलाई लिएर म अत्यन्त उत्साहित थिएँ । किनकि योसँग मेरो भावनात्मक मूल्य गाँसिएको थियो । मलाई लाग्छ— यसबारे तपाईंहरू धेरैलाई थाहा छ । त्यसैले फिल्म टोलीप्रति मेरो भरोसा थियो । त्यही भरोसाको आडमा म झन्डै २ वर्षदेखि यो फिल्ममा जोडिएकी थिएँ । मेरो स्थानमा अरू कलाकारलाई लिएपछि आफ्नो नाक जोगाउन उनीहरूले मेरो बारेमा तथानाम बकिरहेका छन् । मैले सुनिरहेकी छु ।

लुक टेस्ट र फोटोसुट हुँदैमा म नै फिल्ममा हुनु पर्छ भन्दिनँ । कलाकार फेरबदल संसारभरि चलिरहने प्रक्रिया हो । मलाई यसबारे राम्ररी थाहा छ । र, यो मेरो मुद्दा पनि होइन । तर, जसरी मेरो मानमर्दन गरियो, मेरो प्रतिष्ठामा हिलो छ्यापियो— त्यो सर्वथा गलत हो । फिल्म टोलीले महिनौंसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे । तर, मलाई हटाइँदा एक शब्द जानकारी दिइएन । यो कहाँको व्यावसायिक धर्म हो ?

यी सम्पूर्ण घटनाक्रम मेरा लागि अस्वाभाविक हुन् । मेरो मन चिरिएको छ । बिरामी भएको जानकारी दिएर दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्वसूचनाबिनै हटाइँदा मन दुख्नु स्वाभाविक हो ।
यदि उनीहरूको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु ।’

प्रतिक्रिया दिनुहोस्