‘जेरी अन टप’मा जसिताको इन्ट्री



रंगखबर, काठमाडौँ: फिल्म ‘जेरी अनटप’मा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ। शनिबार अभिनेत्री गुरुङले ‘जेरी अनटप’का निर्माण टिमसँग कागजी सम्झौता गरेकी हुन्। यस अघि फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फाइनल भईसकेका छन। जसिताको इन्ट्रीसँगै फिल्मका मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ। हुनत यस अघि फिल्ममा आना शर्मा अनुवन्धित भएकी थिईन, तर फोटोशुटमा अभिनेत्री शर्मा नपुगेको भन्दै निर्माण टिमले आनालाई फिल्मबाट निकालिए स्रोतले जनाएको छ। यस बारे अभिनेत्री आना भने मौन नै छिन।

‘ट्रयाङ्गल लवस्टोरी’मा बन्ने फिल्मबाट अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माले पहिलो पटक सहकार्य गर्न लागेका हुन्। सरोज न्यौपानेले निर्माण गर्ने फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन।

साउनबाट फ्लोरमा जाने फिल्मका क्रिएटिभ प्रोड्युसर रोहित अधिकारी रहेका छन भने निर्माणमा न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दैछन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्