८ बर्ष पछि प्रदीप र पूजाको पुनर्मिलन



रंगखबर, काठमाडौँ: अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माका फ्यानका लागि खुसीको खबर आएको छ। करिब ८ बर्ष अघि फिल्म प्रेम गीतमा संगै अभिनय गरेर हरेक दर्शकको मनमा प्रेम र गीतको छाप छोड्न सफल यी जोडी ८ बर्ष पछि एकसाथ देखिएका छन।  उनिहरुलाई यो मौका जुराउने काम चाहिँ गोपी कृष्ण नेसनल अवार्डले गरेको हो। शनिबार सम्पन्न उक्त अवार्डमा यी दुईलाई एक साथ देखिएको हो।

त्यसो त प्रेम गीत बाट नेपाली सिने नगरीमा दुई ठुला स्टारहरु जन्मिएका थिए। आफ्नो डेब्यु फिल्मबाट असफलताको स्वाद चाखेखा प्रदिप र पूजाले प्रेम गीतपछि भने कहिल्यै फर्केर हेर्नु परेको छैन। फिल्म प्रेम गीतलाई यी दुईको करियरको टर्निंङ प्वाईन्डको रुपमा पनि लिन सकिन्छ। त्यसबेला फिल्म मात्र हिट भएन फिल्ममा समावेश सबै गीतहरु १० बर्ष बिति सक्दापनि दर्शकको मुखमा झुण्डीनै रहन्छ। प्रदिपको सोझो अभिनय र पूजाको चन्चले स्वभावमा गरेको अभिनय अझैपनि दर्शकको मनमा रहिरहेको छ।

हुन त् फिल्म प्रेम गीतपछि यी दुईको शित युद्धपनि नचलेको हैन।  भनिन्छ नि फिल्म नगरीमा लामो समय सम्म कोहि कसैको दुश्मनी र कसैको साथी रहदैनन भनेर।  हो अहिले भने यी दुईले आफ्नो मन मुटावलाई बिस्तारै बिर्सिदै हरेको अन्तर्वार्ताहरुमा एक अर्काको तारिफ पनि गर्न थालिसकेका छन।

शनिबार सम्पन्न अवार्ड समाहरोहमा यी दुईले एकसाथ अन्तर्वार्ता दिदै एक अर्काको तारिफ पनि गरेका छन। अन्तर्वार्ताका क्रममा यी दुईले फिल्म प्रेम गीतको डाईलगलाई री-क्रिएट पनि गर्दै पुराना दिनहरु सम्झिएका छन।

दर्शकहरुका प्रिय जोडी एक साथ देखिनु आम दर्शकले खुसीका रुपमा मनाइरहेका छन अहिले। जहाँ सम्म दुश्मनीको कुरा छ त्यो भने आफुहरुको अपरिपक्कता र समयको दोष मानेका छन पूजा र प्रदीपले।

प्रतिक्रिया दिनुहोस्