फ्राईडे रिलिज: देशभर मिरुनाको ‘मनसरा’, दोश्रो सातामा केकीको ‘बोक्सीको घर’



रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म मनसरा रिलिज भएको छ। प्रिमियरमा दमदार तारिफ पाएको फिल्म आजबाट देशभरका फिल्महरुबाट प्रदर्शनमा आएको हो।

उपेन्द्र सुब्बा निर्देशित फिल्ममा मिरुना मगरका साथै दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधानका, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको मुख्य भूमिका रहेको छ।

छायांकार शैलेन्द्र ध्वज कार्कीले निर्माण गरेको फिल्ममा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माताका रुपमा रहेका छन।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन, सिजन दाहाल कार्यकारी निर्माता, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान फिल्मको डिजिटल पार्टनर हो ।

त्यसै गरि आजबाट केकी अधिकारी निर्मित तथा उनकै मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’ पनि दोश्रो सातामा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्