‘खजुरे ब्रो’को फर्स्ट लुक पोस्टर रिलिज , वैशाख २८ बाट रिलिज हुने



रंगखबर, काठमाडौँ: फिल्म ‘खजुरे ब्रो’को सम्पूर्ण छायांकन सकेर प्रदर्शनको लागि तयार भएको छ। शनिबार निर्माणटिमले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट लक  गरेका छन। धरानका चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण  भएको फिल्म आगामी बैशाख २८ गतेबाट अल नेपाल रिलिज हुनेछ।

सुरज सुनुवारको निर्देशनमा तयार हुने फिल्ममा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।
निर्देशक सुनुवारकै लेखनमा तयार हुने फिल्मलाई नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता डायमन्ड उप्रेती रहेका छन। शिशिर बिसंखेले छायाङ्कन , अनमोल गुरुङको सङ्गीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायाङ्कन भएको हो। फिल्मको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ।

प्रतिक्रिया दिनुहोस्