रेखाले दिईन छोरीलाई जन्म, नाम राखिन वैभवी



रंगखबर, काठमाडौँ: केहि महिना देखि अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाको परिवारमा लक्ष्मीको आगमन भएको छ। अभिनेत्री थापाले अमेरिकामा छोरीलाई जन्म दिएकी छन् । उनको छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको बुझिएको छ । अमेरिकाको कोलोराडोको अस्पतालमा रेखाले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् ।

उनले शिशुको तौल साढे चार किलो रहेको र व्यथा लाग्दा आफूलाई निकै गाह्रो भएको रेखाले बताएकी छिन । तस्वीरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि देखिएका छन् । बधाई छ थापा दम्पतिलाई।

अभिनेत्री रेखाले आफ्नो पहिलो सन्तानलाई जन्म दिएसँगै अब भने उनको दोश्रो सन्तान अर्थात् उनले निर्माण तथा अभिनय गरेको फिल्म यहो फागुन २५ गतेबाट अल नेपाल रिलिज हुन् गई रहेको छ।

प्रतिक्रिया दिनुहोस्