नारायणहिटी मन्दिरमा ‘मेयर’को शुभ मुर्हत



रंगखबर, काठमाडौँ: फिल्म ‘मेयर’को शुभ मुर्हत गरिएको छ। बुधबार सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले नारायणहिटी मन्दिरमा फिल्मका निर्माण टिमले शुभ साईत गरेको हो। फिल्मको कथा सर्लाही जिल्ला बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा बन्न लागेको हो।

पटकथा प्रडक्शनले निर्माणले निर्माण गर्न लागेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन भने फिल्मका निर्माताका रुपमा शर्मिला पाण्डे र शृष्टिमाँ खनाल रहका छन। महेश दवाडीको लेखन, जयन जे वाइवा र कल्याण सिंहको संगीत रहने फिल्मलाई कृष्ण बहादुर थापाले खिच्नेछन।

फिल्ममा भरत थापाको भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहेका छन भने उनकी श्रीमतीको भूमिकामा अभिनेत्री बर्षा राउत रहेकी छन।  त्यस्तै थापाकि छोरीको भूमिका भने उनकी आफ्नै छोरी अर्विशा थापाले निभाउने छन। फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रविन्द्र झा, रमेश बुढाथोकी, सन्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलकारहरुको पनि अभिनय रहने छ।

प्रतिक्रिया दिनुहोस्