‘गोर्खा वारियर’को ‘जय जय गोर्खा’ सार्वजनिक



रंगखबर, काठमाडौँ : यहि फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्म ‘गोर्खा वारियर’को ‘जय जय गोर्खा’ बोलको गीत सार्वजनिक भएको छ। यस अघि टिजर र ट्रेलर सार्वजनिक गरेर चर्चामा रहेको फिल्मका निर्माण टिमले प्रचार स्वरुप उक्त गीत सार्वजनिक गरेको हो। राजेश पायल राईको आवाज रहेको उक्त गीतमा शैलेन्द्र खनाल सरदको शब्द रहेको छ।  एलिश कार्कीको संगीतमा सजिएको गीतको भिडियोलाई सत्यम रानाले सम्पादन अग्रेका हुन्।

लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा विजय लामा, रितेश चाम्स र रियर राई सहित रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्ममा प्रशान्त थापा कार्यकारी निर्माता र सुरेश राई सहनिर्माताका रुपमा देखिएका छन। सुस्मिता वाइवा र सुमन राई निर्माता रहेको फिल्म सन १९४९को युद्धको सत्य घटनामा आधारित छ।

 

प्रतिक्रिया दिनुहोस्