ब्रमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक



रंगखबर, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाको ड्रिम प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले साउथका चर्चित कलाकार ब्रमानन्दमको जन्मदिनमा उनलाई फिचर गर्दै फिल्मको फस्टलुक रिलिज गरेको हो। फिल्मको फस्टलुकसँगै निर्माण टिमले रिलिज डेटपनि लक् गर्दै फिल्मलाई आगामी दशैँलाई लक्षित गर्दै असोज ११ गतेबाट प्रदर्शन गर्ने घोषणा गरेको छ। सार्वजनिक पोस्टर दुई भाषामा तयार पार्दै सार्वजनिक गरिएको छ ।

चन्द्र पन्त निर्देशित फिल्ममा हरिहर अधिकारीको कथा, कविरलालको छायांकन, नीता ढुंगानाको लगानी छ । फिल्मको हालसम्म पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ । त्यसै गरि तेस्रो सेड्यूलको छायांकनका लागि निर्माण टिमले चाडैनै भारत जाने तयारी गरिरहेको छ।

फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, किरण केसी गरिमा शर्मा लगायतका कलाकारका साथमा साउथका केही कलाकारले समेत यो फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्