गाउँ नै रमाइलो’मा मिरुना मगर अनुबन्धित



रंगखबर, काठमाडौँ: ‘नाङ्गो गाउँ’ निर्माता हिमाल कडरियाले निर्माण गर्ने आगामी फिल्म ‘गाउँ नै रमाइलो’मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन। मिरुनाले भर्खरै मात्र निर्माण टिमसँग कागजी सम्झौता गरेको जानकारी निर्माण टिमले दिएको छ।  यस अघि फिल्ममा अभिनेताद्वय आर्यन सिग्देल र दयाहाङ राई पक्का भइसकेका छन, भने अभिनेता बुद्धि तामाङले पनि निर्माण टिमसँग सम्झौता गरिसकेका छन।

दिनेश राउतले निर्देशन गर्न लागेको फिल्मकालागि अझै केहि लिड कलाकारहरु छान्ने निर्माण टिमले जानकारी दिएको छ। २०८१ सालको बडा दशैंको अवसर पारेर प्रदर्शन गरिने फिल्मको छायांकन भने निर्देशक राउतको फिल्म पुजार सार्कीको छायांकन सकेर मात्र हुनेछ।

क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ । निर्माता कडरियाले बनाएको फिल्म ‘नाङ्गो गाउँ’ यो बर्षको हिट फिल्म हो । उनलेफिल्म ‘नाङ्गो गाउँ २ र दुःखी आत्मा’ निर्माणको पनि घोषणा गरिसकेका छन् । फिल्म ‘गाउँ नै रमाइलो’लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्