आश्मा र लक्ष्मीको प्रवेशपछि कस्तो बन्ला ‘हामी तीन भाइ’ ?



रंगखबर, काठमाडौँ: निर्माता मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हामी तीन भाइ’ यति बेला चर्चामा छ। डेढ दशक अघिको सफल फिल्मको नाममा फिल्म बन्न लागेको भएर पनि ‘हामी तीन भाइ’ चर्चाको विषय बनेको हो। हिजो मात्र फिल्ममा मुख्य अभिनेत्रीको रूपमा आश्मा गिरी फाइनल भएकी थिइन। निर्माण टिमले आश्मासँग हिजै कागजी सम्झौता गरिसकेको छ। अभिनेत्री आश्माले फिल्म ‘ड्रिम गर्ल’बाट अभिनयमा डेब्यु गरेकी थिईन, जुन २०१८ मा प्रदर्शन भएको थियो। आश्मा फिल्ममा अभिनेता आकाश श्रेष्ठको अपोजिटमा देखिएकी थिईन। अब भने फिल्ममा अर्की अभिनेत्री लक्ष्मी बर्देवा फिल्ममा मुख्य अभिनेत्रीको रूपमा प्रवेश गरेकी छन्। लक्ष्मीसँग पनि टिमले आजै सम्झौता गरेको छ। यो सँगै फिल्मका टिमले मुख्य अभिनेत्रीको छनौट कार्य पुरा भएको छ।  आश्मा र लक्ष्मीसँगै फिल्ममा जान्बी बस्नेत पनि मुख्य भूमिकामा देखिँदै छिन।

साउन १० गतेबाट फ्लोरमा जाने फिल्मका लागि अहिले सम्म मुख्य अभिनेताका रूपमा विनोद न्यौपाने र कुशल विष्ट फाइनल बहेका छन् भने टिमले अर्का मुख्य अभिनेताको छनौट गरिरहेको जानकारी बाहिरिएको छ। फिल्ममा

प्रसिद्ध सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा तथा संवाद भने शिवम अधिकारीले लेखेका हुन्। त्रिरत्न श्रेष्ठ निर्माता रहेको फिल्ममा सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन्। फिल्ममा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवलदार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ ।

शिव ढकालको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, एसबी सापकोटाको सङ्गीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पार्श्व संगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समीर मियाँ, बनिष शाहको सम्पादन रहने फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल रहनेछन् भने सहायक निर्देशक दिनेश कार्की हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्