‘हामी तीन भाइ’मा अभिनेत्री आश्मा गिरीको इन्ट्री



रंगखबर, काठमाडौँ: डेढ दशक अघि निर्माण भएको फिल्म’हामी तीन भाई’को नाम सापट लिदै फिल्म ‘हामी तीन भाई’ बन्ने भएको छ। केहि दिन अघि मात्र निर्माण टिमले मनकामनामा गएर स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक घोषणा गरेको थियो। मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्मकालागि अहिले धमाधम कलाकारहरु फाईनल भइ रहेका छन। यसै क्रममा ‘ड्रिमगर्ल’ फेम्ड अभिनेत्री आश्मा गिरीलाई निर्माण टिमले फिल्ममा अनुवन्धित गरेको छ। मंगलबार निर्माण टिम र आश्मा बीच सम्झौता भएको हो। अब भने फिल्ममा बिनोद न्यौपाने, कुसल बिष्ट र नायिका जान्वी बस्नेतका साथै आश्मा गिरीको पनि मुख्य भूमिका रहने छ।

प्रसिद्ध सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा तथा संवाद भने शिवम अधिकारीले लेखेका हुन्। त्रिरत्न श्रेष्ठ निर्माता रहेको फिल्ममा सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन् ।फिल्ममा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवलदार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ ।

शिव ढकालको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको सङ्गीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्व संगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समीर मियाँ, बनिष शाहको सम्पादन रहने फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल रहनेछन् भने सहायक निर्देशक दिनेश कार्की हुनेछन् । फिल्म साउन १० गतेबाट फ्लोरमा जादैछ।

प्रतिक्रिया दिनुहोस्