राजनीतिक उथलपुथलका साथ ‘छक्का पन्जा ४’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ: बर्षकै प्रतिक्षित बनिरहेको फिल्म ‘छक्का पन्जा ४’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार फिल्मका निर्माण टिमले प्रचार स्वरुप ट्रेलर सार्वजनिक गरेको हो। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु दिपकराज गिरि, दिपाश्री निरौला, बेनिशा हमाल, बुद्धि तामांग लगायतका कलाकारहरुलाई केन्द्रमा राखिएको छ। राजनीतिक उथलपुथल समावेश गरिएको ट्रेलर निकैनै आकर्षक बनेको छ।

 

निर्देशक हेमराज बिसी निर्देशित फिल्मलाई आमा सरस्वती मुभिजको ब्यानर तथा दिपक – दिपाले निर्माण गरेका हुन्। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन।

प्रतिक्रिया दिनुहोस्