रामकृष्ण र अन्जुको ‘जिम्बु झानेर’मा आकाश र गृष्मा



रंगखबर, काठमाडौँ: ‘भ्यालेन्टाईन डे’लाई लक्षित गर्दै गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘जिम्बु झानेर’ बोलको गीत सार्वजनिक गरिएको हो। गीत रामकृष्ण ढकालको अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ। गीतमा आकाश श्रेष्ठ र नव मोडल गृष्मा तामांगको अभिनय रहेको छ । गीतलाई दीपा शाक्यले निर्देशन गरेका हुन्। गीतमा निरज सिग्देलको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । भिडियोका छायाँकार उत्तम हुमागाईं हुन् भने सम्पादक अमृत चापागाईं हुन् । भिडियोको छायांकन कास्की जिल्लाको घान्द्रुक र पोखरामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्