‘पशुपति प्रसाद २: भष्मे डन’को औपचारिक घोषणा



रंगखबर, काठमाडौँ: रिलिज भएको ७ बर्ष पुरा गरेको अवसरमा फिल्म ‘पशुपति प्रसाद’का टिमले खुसी साटेको छ। आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले केक काट्दै खुसियाली मानाएको हो। पशुपति प्रसादको खुसीसंगै निर्माण टिमले फिल्मको दोश्रो सिक्वेल पशुपति प्रसाद २: भष्मे डनको पनि घोषणा गर्दै कलाकारहरु पनि सार्वजनिक गरेको छ।

टुकी आर्टस प्रालिको ब्यानर तथा खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा बन्ने फिल्ममा बिपिन कार्की मुख्य भूमिकामा देखिदै छन, भने विपिनसंगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ ।

ब्लक बस्टर हिट सावित बनिसकेको फिल्म पशुपति प्रसादलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका थिए भने फिल्मको सिक्वेलमा पनि दिपेन्द्र स्वयम्कै निर्देशन रहनेछ। फागुन देखि फ्लोरमा जाने फिल्मलाई आगामी दशैँको अवसर पारेर रिलिज गरिने योजना निर्माण टिमको छ।

प्रतिक्रिया दिनुहोस्