‘छड्के २.०’को अफिसियल टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ: अनमोल केसी स्टारर फिल्म छड्के २.० को अफिसियल टिजर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले प्रचार स्वरुप फिल्मको १ मिनेट ४६ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारहरु केन्द्रित छन। मनाङ र चितवनको मनोरम दृश्य समेटिएको टिजर धमाकेदार बनेको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म चितवन र मुस्ताङमा छायांकन भएको हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता  रहेका फिल्मको कार्यकारी निर्माता भने निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । अनमोलसंगै फिल्ममा  रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि मुख्य भूमिका रहेको छ। फिल्म आउँदो फागुन १९ बाट देशभर प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्