‘जारी’को पोस्टरसंगै रिलिज डेट घोषणा



रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी‘को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसंगै निर्माण टिमले फिल्मको रिलिज मिति घोषणा पनि गरेका छन। पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथाको कथा बोल्ने फिल्म अब भने आउँदो नयाँ बर्षको अवसर पारेर अर्थात् वैशाख १ गतेबाट देशभर प्रदर्शन हुनेछ। सार्वजनिक पोस्टरमा दया र मिरुनालाई देख्न सकिन्छ।

उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्म बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। कबड्डी ४ मा रुचाईएको काजी र शान्ती मिसको जोडीलाई दर्शकले जारी मार्फत पुन: एकपटक देख्न पाउँने छन। रेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल जस्ता कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्