पुष्प र बर्षा अभिनित ‘मनसँग मन’को टिजर रिलिज



रंगखबर, काठमाडौँ: पुष्प खड्का र बर्षा सिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ। माघ २७ लाई रिलिज मिति तोकेको फिल्मको टिजर सार्वजनिक गर्दै निर्माण टिमले प्रचार सुरु गरेको हो। लभ स्टोरी फिल्ममा पल शाह र पूजा शर्मालाई केमियो आर्टिष्टको रुपमा देख्न सकिन्छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार पुष्प र बर्षालाई केन्द्रमा देखाईएको छ। फिल्मको यस अघि ‘सहि दिउँला’ बोलको गीत सार्वजनिक भईसकेको छ।

 

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अरुण तामाङको लगानी रहेको छ। अर्जुन पोखरेल, अगोम गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन्। कैलाश राईले निर्देशन गरेको फिल्ममा पुष्प र बर्षा सहित वुद्दि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान आदि कलाकारहरुको अभिनय रहेको छ। तिन बर्ष अघि नै प्रदर्शनको तयारीमा रहेको फिल्म कोरोना महामारीका कारण थन्किएको थियो।

प्रतिक्रिया दिनुहोस्