सौरभको ‘द अनब्रेकेबल: अगस्त्य‘मा सौगात फिक्स



रंगखबर, काठमाडौँ: केहि दिन अघि मात्र घोषणा भएको फिल्म ‘द अनब्रेकेबल: अगस्त्य‘मा अभिनेता सौगात मल्लको इन्ट्री भएको छ। माघी पर्वको अवसरमा सौगात सहितको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले अभिनेताको रुपमा सौगातलाई भित्र्याएको हो। अगस्त्यको भूमिकामा देखिन लागेका सौगात सार्वजनिक पोस्टरमा कुकुरसँग स्टाईलिस्ट लूक्समा देखिएका उनलाई ‘मिस्टर भर्सटाईल’को उपमा पनि दिईएको छ।

निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको कथा, पटकथा तथा संवाद पनि निर्देशक सौरभकै हुनेछ। फिल्मलाई प्रकाश मल्ल र अनिश तामाङले निर्माण गर्न लागेका हुन्। भारतीय कलाकारहरुको पनि अभिनय रहने फिल्मका २ वटा शृंखलाहरु हुने जानकारी निर्माण टिमले यस अघि नै दिएको छ। दुवै शृंखलाका फाईनल स्क्रिप्ट सम्म तयार भएको फिल्मको ५० प्रतिशत छायांकन भारतमा र बाकी ५० प्रतिशत नेपालमा हुनेछ । आगामी नयाँ बर्षको अवसर पारेर छायांकनको तयारी गरिरहेको फिल्मका निर्माण टिमले दशैँ छेकमा ‘अगस्त्य’ लाई प्रदर्शन गर्ने योजना बनाई रहेका छन। फिल्ममा अहिले सम्म सौगात मात्र फाईनल भएका छन,भने चाडैनै अन्य कलाकारहरु पनि फाईनल हुने जानकारी निर्माण टिमको छ।

प्रतिक्रिया दिनुहोस्