‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टीफिकेट



रंगखबर, काठमाडौँ: आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’लाई सेन्सरले पास गरेको छ। अब भने पुष्प र साम्राज्ञी स्टारर फिल्मले युनिभर्सल प्रमाणपत्र थमाएको छ। फिल्मलाई अब हरेक वर्गका दर्शकले हेर्न पाउने छन। निर्माता रमेश एम. के. पौडेलको डेब्यु निर्देशकीय फिल्म आर्यन फिल्म प्रोडक्सन र बोधी एच डी अमेरिकाको  ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई निर्देशक पौडेलका छोरा आर्यन पौडेलले निर्माण गरेका हुन्।

सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्ममा पुष्प र साम्राज्ञीका साथै सन्दिप क्षेत्रि, सरोज खनाल ,सन्दिप क्षेत्री, खड्ग बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् । फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।

 

प्रतिक्रिया दिनुहोस्