‘हात्तीछाप’मा उपासनाको प्रवेश, अझै दुई नायिका पक्का हुने



रंगखबर, काठमाडौँ: किरण नेपालीले निर्माण गर्ने फिल्म हात्तीछापमा उपासना सिंह ठकुरीको इन्ट्री भएको छ।  केहि दिन अघि दयाहाङ राई र सौगात मल्लको इन्ट्रीसंगै चर्चामा रहेको फिल्ममा अब भने उपासना पक्का भएकी हुन्। उपासना र निर्माण टिम बिच बुधबार लिखित सम्झौता भएको हो।

 

निर्माता किरण नेपालीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत उपासना फिल्ममा अनुबन्धित रहेको जानकारी दिएका हुन्। उनि लेख्छन ‘अहिलेलाई “हात्तीछाप” उहालाई स्वागत गरौ ! अब २ नायिका पनि छिट्टै फिक्स गर्ने छौ !’

चैत्रबाट फ्लोरमा जाने फिल्मको कथा प्रदिप भारद्वाजले लेखेका हुन् भने फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन। फिल्मलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मंत्री दिपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर निर्माण गर्न लागेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्