राजु गिरीले गरे बिरगंजमा ‘दिलमाया २’ स्पेसल स्क्रिनिङ्ग



रंगखबर, काठमाडौँ: चैत्र १७ गतेबाट प्रदर्शन हुने फिल्म ‘दिलमाया २’को विशेष शो सम्पन्न भएको छ। सोमबार फिल्मका निर्देशक राजु गिरीले  विरगंजमा फिल्मको विशेष शोको आयोजना गरेका हुन्। शोकै लागि भनेर राजु आफ्ना कलाकार सहित बिरगंज पुगेका थिए। विरगञ्जस्थित त्रिमुर्ती हलमा भएको विशेष प्रदर्शनीमा नेकपा एमालेमा प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए। बिरगंजबाट सुरु भएको विशेष प्रदर्शनी देशका विभिन्न शहरहरुमा हुने जानकारी निर्देशक गिरिले दिएका छन।


राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई बिष्णु मिराकर र सुस्मिता खत्रीले खिचेका हुन् भने शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले निर्माण गरेका हुन्। खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको फाईट, भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत रहेको छ। फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्