रेखाले हल्लाएको ‘धरहरा’ यस्तो



रंगखबर, काठमाडौँ: फिल्म ‘ह्यारी कि प्यारी’ले प्रचार सुरु गरिसकेको छ। केहिदिन अघि मोसन पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको फिल्मको अहिले रेखा थापा फिचर्ड भएको आईटम गीत ‘धरहरा’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री थापालाई अभिनेता जितु नेपाल र विजय बरालले साथ दिएका छन। सुन्दै नाचौ लाग्ने गीतलाई मिना निरौला र सपन कुमार राईको आवाजले झनै बलियो बनाएको छ।

 

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई डा. भोला रिजालका सुपुत्र कपिल रिजालले निर्देशन गरेका हुन्। सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु नेपाल, साम्राज्ञी आर. एल. शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्म आउँदो माघ २० गतेबाट देशभर प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्