‘ह्यारी कि प्यारी’ मोसन पोस्टर : डलरको पछि लागेका जितुलाई साम्राज्ञी रोक्दै



रंगखबर, काठमाडौँ: फस्ट लुक पोस्टर सार्वजनिक गरेसंगै चर्चामा रहेको फिल्म ‘ह्यारी कि प्यारी’ले मोसन पोस्टर सार्वजनिक गरेको छ। मंगलबार फिल्मका निर्माण टिमले प्रचार स्वरुप मोसन पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा हास्य कलाकार जितु नेपाल (मुन्द्रे)ले डलरको पछि लागिरहेका छन भने अभिनेत्री साम्राज्ञी आर एल शाह भने जितुको खुट्टा समाउदै रोक्ने प्रयास गरिरहेकी छिन। झट्ट हेर्दा डलरको पछि लाग्ने ह्यारीलाई उनकी प्यारीले रोक्ने प्रयास गरिरहेकी छन।

 

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई डा. भोला रिजालका सुपुत्र कपिल रिजालले निर्देशन गरेका हुन्। केहि समय अघि फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको ‘प्राइम फोकस स्टुडियो’मा भएको थियो। सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु र साम्राज्ञीका अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

 

निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्म आउँदो माघ २० गतेबाट देशभर प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्