१६ बर्ष पछि बिपनाको कमब्याक, भन्छिन डर लागिरहेको छ !



रंगखबर, काठमाडौँ: अभिनेत्री बिपना थापाले १६ बर्षपछि फिल्ममा कमब्याक गर्ने भएकी छिन। उनि नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’बाट पुन: अभिनय फर्किने भएकी छन। आईतबार नीता फिल्म्सले बिपना थापालाई फिल्ममा अनुबन्धित गरेको हो। नीताले आफ्नो सामजिक संजाल फेसबुक मार्फत बिपनालाई स्वागत गर्दै लेख्छिन, प्रिय बिपना थापा जी ! तपाईलाई हाम्रो टिमको कलाकारको रुपमा स्वागत छ। नीता फिल्म्सबाट निर्माण हुन लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा कलाकारको रुपमा तपाईलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं। ‘

उता बिपनाले पनि सामाजिक संजाल फेसबुक मार्फत आफ्नो खुसी ब्यक्त गरेकी छन। उनि लेख्छिन, ‘ओ एम जी, १६ बर्ष भईसक्यो मलाई डर लागि रहेको छ। क्रिश्मसको शुभकामना, सबैलाई माया।’ भन्दै आफ्नो खुसी साटेकी छन।

चन्द्र पन्तले निर्देशन गर्ने फिल्ममा बलिउडका केहि कलाकारहरु पहिलेनै अनुबन्धित भईसकेका छन। बिपनाको यस अघि सन् २०१० मा ‘संघर्ष जिन्दगीको’ नामक फिल्म रिलिज भएको थियो। बेलाबेलामा नेपाल आउने गरेकी उनले राम्रो स्क्रिप्ट र टिमबाट अफर आएको खण्डमा पुन: फिल्म खेल्ने इच्छा राख्दै आएकी थिईन।

प्रतिक्रिया दिनुहोस्