‘बदलिंदो आकाश’मा आना शर्मा



रंगखबर, काठमाडौँ: जेरी गर्ल आना शर्मालाई यो वर्ष निकैनै लाभदायक सावित भईरहेको छ। हाल उनि ‘मायाको माया’ छायांकनको क्रममा छिन भने ‘जेरी २’ मा पनि फिमेल लिडमा अनुवन्धित भएको खबरले अहिले नेपाली सिने बजार तातिएको छ। अब भने उनै ग्याङ्गस्टर गर्ल आना अर्को फिल्ममा अनुवन्धित भएको खबर बाहिरिएको छ। हालै मात्र उनि भारतको फिल्म विकास निगम (एनएफडीसी)ले आयोजना गरेको फिल्म बजारमा छानिएको स्क्रिप्टमाथि बन्न लागेको फिल्म ‘बदलिंदो आकाश’ मा अनुवन्धित भएकी छन। फिल्मलाई मच्छिन्द्र योङ्ग्यले निर्देशन र अनुप पौडेलले निर्माण गर्न लागेका हुन्।

 

हाल फिल्मको स्क्रिप्टमा काम भई रहको जानकारी फिल्मका निर्माता पौडेलले दिए , उनि भन्छन, ‘ अहिले हामी स्क्रिप्टको काममा ब्यस्त छौ। फिल्म २०२४ को मध्य तिरबाट फ्लोरमा जान्छ, छायांकनमा जानु अघि अन्य कलाकारहरुको बारे जानकारी दिईनेछ।’ फिल्मको छायांकन नेपाल, सिक्किम र दार्जिलिङ्गमा हुन सक्नेछ। अहिले सम्म आना मात्र कन्फर्म भएको फिल्मको अंग्रेजी नाम भने ‘चेन्जिङ स्काइ’ रखिएको छ।

प्रतिक्रिया दिनुहोस्