रामकृष्ण र रानीको ‘चाहदिनँ म हाँस्न’ सार्वजनिक



रंगखबर, काठमाडौँ: अमेरिकामा रहँदै आएकी गायिका रानी शाक्यले चर्चित गायक रामकृष्ण ढकालसँग मिलेर नयाँ गीत ‘चाहदिनँ म हाँस्न’ सार्वजनिक गरेकी छिन् । गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ, भने गीतले जातका कारण प्रेममा आउने अवरोधको भावलाई बोकेको छ । गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ । भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन छ ।

गीत हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्