‘फुलबारी’को फस्टलुक पोस्टरमा कोको अटाए ?



रंगखबर, काठमाडौँ: फागुन ५ गतेलाई रिलिज डेट लक गरेर बसेको फिल्म ‘फुलबारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ ।रामबाबु गुरुङले निर्देशन गरेको फिल्मले अभिभावक र सन्तान बीचको सम्बन्धको कथा बोल्छ।

यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको समाजिक नेपाली फिल्मको कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो । फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको फिल्ममा मनिष ढकाल निर्माताको रुपमा रहेका छन् । विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङका अलावा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्