शोभितले पूजालाई बेचे २० लाखमा ‘बद्री बहादुर’



रंगखबर, काठमाडौँ : एबी पिक्चर्स फार्म र सलोन सलीना व्यानरमा निर्माण तथा शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘बद्री बहादुर’को विदेश राईट्स बिक्रि भएको छ। निर्देशक बस्नेतले बुधबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै फिल्मको राईट्स पूजा तामाङ बिक्रि गरेका हुन्।  पूजाले २० लाख रुपैँया तिरेर फिल्मको विदेश राईट्स किनेकी हुन्। अब भने विदेशमा फिल्म चलाउन चाहने जो कोहिले पनि पूजाको अनुमति लिनुपर्ने छ।

नेपालमा चाडै नै प्रदर्शन मिति तय गरिने फिल्ममा संचारकर्मी रवि अधिकारीको कार्यकारी निर्माताको रुपमा देखिएका छन। रामकाजी घिमिरेले लेखेको फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ लगायतका कलाकारहरुको अभिनय छ। फिल्ममा नायिका पूजा शर्मा र नायक सलोन बस्नेतलाई पनि एक गीतमा देख्न सकिने छ। केहि दिनमा सलोन पूजा अभिनित गीत सार्वजनिक गर्दै प्रमोसन सुरु गर्ने जानकारी निर्माण टिमले दिएको छ। विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी/उजन नेम्वाङको संगीत, शिव विकको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको हो। विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्ममा निर्माता भने मिथुन भोटे रहेका छन् । फिल्ममा रामजी राउत र ज्ञानकुमार कटेल सहायक निर्देशकका रुपमा रहेका छन।

प्रतिक्रिया दिनुहोस्