मङ्सिर १६ देखि रिस्ताको ‘पासो’



रंगखबर, काठमाडौँ : अभिनेत्री रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’को रिलिज डेट फिक्स भएको छ। बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्म अब भने मङ्सिर १६ गतेबाट अल नेपाल रिलिज हुने पक्का भएको जानकारी निर्माण टिमले दिएको छ। कन्टेन्ट थ्रिलर जनरामा आधारित फिल्मले दुई मिल्ने साथीलाई एक अपराधिक समूहले अपहरण गरेपछि बाच्नकालागि गरेको संघर्षको कथा बोल्छ। आर.बी पुनको लेखन तथा निर्देशनमा तयार भएको  फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् ।

 

फिल्मले कमाएको नेट कलेक्सनको १५ प्रतिशत भने  धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने जानकारी निर्माण टिमले दिएको छ। फिल्ममा रिस्तासंगै अर्की अभिनेत्री सुनिशा बजगाँई लिडमा रहेकी छन। फिल्ममा रिस्ता र सुनिशाका अलावा  रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको पनि अभिनय छ ।  फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र मोफोसलमा एफडी कम्पनीले वितरण गर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्