केबिका र प्रदीपको डान्सिङ्ग नम्बर ‘चट्ट चुडाई’ सार्वजनिक 



रंगखबर, काठमाडौँ : कोरियोग्राफरद्वय केबिका खत्री र प्रदिप लामाको डान्सिङ्ग नम्बर ‘चट्ट चुडाई’ सार्वजनिक भएको छ। अफ्रिकन स्टाईलमा गीतमा केबिका र प्रदिपले मज्जाले कम्मर भाचेका छन। ल्याक्स तामाङ्ग र प्रदिप लामाको आवाज रहेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ। प्रदिप द नेक्स्ट ग्रुपको निर्देशन रहेको उक्त गीतमा केबिका र प्रदिपकै कोरियोग्राफी रहेको छ। ल्याक्स तामाङ्गकै शब्द संरचना रहेको गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका हुन् भने सम्पादन पनि सुस्लिङ्गकै छ। गीतमा एरेन्ज, मिक्सिङ्ग, मास्टरीङ्ग पनि सलिन मगरको रहेको छ।

गीत हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्