हरर थ्रिलर फिल्म ‘चि मुसी चि’ पौषमा रिलिज



रंगखबर, काठमाडौँ : हरर थ्रिलर फिल्म ‘चि मुसी चि’ को प्रदर्शन डेट रिलिज गरिएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म यहि पौष १५ गतेबाट देशभर प्रदर्शनमा आउने छ। एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई मर्ण जेम्स र यश सैनीले निर्देशन गरेका हुन्। अरुण चक्रावर्ती लगानी गरेको फिल्ममा रिञ्जु केसी प्रस्तुतकर्ताको रुपमा देखिएका छन। फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्