‘मिलन’को ट्रेलर सार्वजनिक, कुशल र शिल्पाको डेब्यु



रंगखबर, काठमाडौँ : कार्तिक १८ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘मिलन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।  राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार सामाग्री स्वरुप ट्रेलर छोडेको हो।  सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु सलोन बस्नेत, कुशल शाही ठकुरी र शिल्पा थापा केन्द्रित छन।  प्रेम बिछोड माया बदलालाई समेटीएर बनाईएको ट्रेलर निकै राम्रो बनेको छ। मिलनबाट कुशल र शिल्पाले डेब्यु गरेका हुन्।

ट्रेलर हेर्नुस :

 

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजु सेन्चुरीको संगीत र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । प्रविन थापाले निर्माण गरेको फिल्ममा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र डिके हमाल र गीताञ्जली योगीको मेकअप रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्ममा सलोन, कुशल र शिल्पासंगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्