छोराको बिहेमा बूढो बाउको प्रेम वाधक



रंगखबर, काठमाडौँ : ‘बाउको बिहे हेर्ने दिन’ स्लोगनका साथ यहि कार्तिक ११ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्म ‘महापुरुष’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ३ मिनेट ८ सेकेन्ड लामो ट्रेलरमा बाबु छोराको प्रेमका साथै मनमुटाव र त्यसबाट आउन सक्ने समस्यालाई देखाउन खोजिएको छ।

दुई पुस्ताको जीवनमा आउने उतार चढाव देखाईएको फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया बटुली रहेको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य र अरुण क्षेत्रिलाई केन्द्रमा रखिएको छ।

 

षटकोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई ह्याट्रिक हिट दिएका निर्देशक प्रदिप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन। म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्ममा रविन्द्र बानिया कार्यकारी निर्माता रहेका छन् । हरिवंश र अरुणका अलावा फिल्ममा मदन कृष्ण श्रेष्ठ, गौरी मल्ल,अन्जना बराइली रबिन्द्र सिंह बानिया, राजाराम पौडेल, सिरु बिस्ट, कोपिला थापा, शिखा तामाङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

ट्रेलर हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्