पुष्प र रुबिनाको ‘पलपल हरपल’ सार्वजनिक



रंगखबर, काठमाडौँ : अभिनेता पुष्प खड्का र अभिनेत्री रुबिना थापा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुष्प र रुबिनालाई रोमान्टिक देख्न सकिन्छ ।सुमन केसी र प्रबिसा अधिकारीको श्वर रहेको गीतमा मधु पौडेललले शब्द रचना गरेका छन् भने प्रल्हाद बोगटीको संगीत रहेको छ । गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् । ‘पलपल हरपल’ बोलको प्रेमिल गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रीम पराजुलीको सम्पादन र कलर रहेको छ । भिडियो आसाम मोसन पिक्चरबाट सार्वजनिक भएको छ ।

गीत हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्