‘म हुँ साइको’ को विवादमा, कलाकारहरुलाई धम्कि



रंगखबर,काठमाडौँ। पत्रकार, गायक तथा कलाकार अनिल गुरुङको शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘म हुँ साइको’ गीत रिलिजपछि विवादमा मानिएको छ । २ दिन अगाडी सार्वजनिक गरिएको गीतमा विवाद आएपछि यस म्युजिक भिडियोकी दुई मोडल रुपा लामा र सुस्मिता श्रेष्ठमाथि गालीको वर्षा भएको छ । यस भन्दा अगाडी अनिललाई गीत हटाउने धम्की आएको बताएका थिए ।

पत्रकारितामा होस् या अभिनयमा केही फरक गरिरहने अनिलले म्युजिक भिडियोपनि फरकधारमै बनाए । उमेश गुरुङको निर्देशनमा निर्माण भएको भिडियोमा अनिल, सुस्मिता र रुपाको अभिनय तथा हट नृत्य रहेको छ । ‘म हुँ साइको’ गीतलाई पवन शुस्लिङको छायाँकन गरेका छन् भने भिडियो सम्पादनको जिम्मा भने मिलन बिकको रहेको छ । ‘म हुँ साइको’ गीत नमस्ते अनलाइन टीभीको अफिसियल युटुवमार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्