साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’ कार्तिकमा रिलिज हुने



रंगखबर, काठमाडौँ – जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ कार्तिक २५ देखि प्रदर्शनमा आउने भएको छ ।

कपिल रिजाल निर्देशित फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फाइनल गरिएको हो । पोस्टरमा साम्राज्ञी बेहुलीको अन्दाजमा देखिएकी छन् । जितुलाई सनाई बजाइरहेको देख्न सकिन्छ ।

पोस्टर हेर्दा फिल्मले विवाहको कथा भन्ने अनुमान लगाउन सकिन्छ । यो फिल्मले आफुले पाएको भूमिका अहिलेसम्म कै चुनौतिपूर्ण रहेको अभिनेता नेपालले बताएका छन् ।

सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्