‘मायाको रेडियो’ बजाउँदै विनोद र अलिशा



रंगखबर, काठमाडौँ – कार्तिक २५ मा रिलिज हुने फिल्म ‘वेलकम टु हेम्जाकोट’को आइटम गीत सार्वजनिक गरिएको छ ।

‘मायाको रेडियो’ बोलमा कलाकार विनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् । स्टेजमा दुवैको केमेस्ट्री र टाइमिङ जमेको छ ।

सार्वजनिक गीतमा राज सागरको संगीत, प्रज्वल अधिकारीको शब्द रचना र इन्दिरा जोशी/उदेश श्रेष्ठको स्वर छ । भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार फिल्ममा विनोदसंगै बुद्धि तामाङ, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजैरा कार्की, अश्मिता पन्त, स्वर्गीय जयनन्द लामाको अभिनय छ ।

आयुष बुढाथोकीको संवाद रहेको फिल्ममा राज सागरको संगीत, मिलन श्रेष्ठको एक्सन, दिर्घ गुरुङको छायांकन र मित्र डी. गुरुङको सम्पादन छ ।

सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरीले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्