‘घनचक्कर’को प्रचारात्मक गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – सौगात मल्ल र सलोन बस्नेत स्टारर फिल्म ‘घनचक्कर’को नेपाल भाषा प्रचारात्मक गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना र आवाज रहेको छ । भने, बिजेन श्रेष्ठले संगीत दिएका छन् ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका चल दृश्यहरु समेटिएको छ । यो फिल्म असार १० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्ममा सौगात र सलोनसहित जेवी डिसी, सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा/संवाद, अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ/साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य/देव कोइमी/बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

भट्ट एण्ड सन्स प्रोडक्सनले निर्माण गरेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाईले सहलगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्