‘राधा’ र ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन



रंगखबर, काठमाडौँ – भदौमा रिलिज हुने भनिएका दुई नेपाली फिल्म ‘पानीफोटो’ र ‘द सिक्रेट अफ: राधा’को मिति हेरफेर भएको छ ।

खगेन्द्र लामिछानेको डेब्यु निर्देशन ‘पानीफोटो’ एक महिना अगाडी सरेर साउन १३ मा पुगेको छ । यो फिल्मले यसअघि भदौ १० लाई रिलिज मिति तोकेको थियो ।

माओवादी जनयुद्धको समयमा डेढ दशकदेखि बेपत्ता छोराको पर्खाइमा रहेका बा-आमाको कथा भन्ने फिल्ममा खगेन्द्र खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महतलगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै सुवर्ण थापाले निर्देशन गरेको ‘राधा’ पुर्वनिर्धारित मितिबाट दुई साता अगाडी धेकेलिदै भदौ १० मा पुगेको छ । यसअघि यो फिल्म भदौ २४ मा प्रदर्शन हुँदै थियो ।

‘राधा’मा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्