‘प्रकाश’ले कला र कलाकारिता हेर्ने दृष्टिकोण बदलिदियो – प्रदीप खड्का



रंगखबर, काठमाडौँ – अभिनेता प्रदीप खड्काले आफु अभिनित फिल्म ‘प्रकाश’ले कला र कलाकारिताप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गरिदिएको बताएका छन् ।

उनले आफ्नो फेसबुक वालमा ‘प्रकाश’को नयाँ पोस्टर पोस्ट गर्दै फिल्मको टिजरबाट पाएको सकारात्मक प्रतिक्रियाले आफ्नो मिहेनतले सार्थकता पाउने विश्वास व्यक्त गरेका छन् ।

उनि लेख्छन, ‘यस चलचित्रमा काम गर्ने क्रममा, कला र कलाकारिताप्रतिको हेर्ने मेरो दृष्टिकोणमा नै परिवर्तन आएको छ। एउटा पात्र मार्फत सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थिती देखि भावनाहरु समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौँ दिनहरु बिताएको छु।’

दिनेश राउतले निर्देशन गरेको फिल्ममा प्रदीपले जुम्ली युवकको भूमिका निर्वाह गरेका छन् । टिजरमा समेटिएको केहि संवाद र दृश्यले प्रदीपको कामलाई प्रतिक्षित बनाइदिएको छ ।

भदौ १० मा अलनेपाल प्रदर्शनमा आउने फिल्ममा प्रदीपसंगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, निरज पन्थी, देवकुमार श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

बिकास सुवेदीको लेखन रहेको फिल्ममा महेन्द्र अधिकारीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्