‘षट्कोण’को गीतमा हत्याको रहस्य खोज्दै युनिक पोइट



रंगखबर, काठमाडौँ – कर्मा स्टारर साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’को प्रमोसनल गीत सार्वजनिक गरिएको छ ।

‘रहस्य’ बोलको र्याप शैलीको गीतमा युनिक पोइटको शब्द रचना र स्वर छ । भने, गीतमा विशेष पाण्डेको संगीत छ ।

एक रहस्यमय हत्याको अनुसन्धानको कथासारलाई गीतको शब्द मार्फत प्रष्ट्याउने कोसिस गरिएको छ ।

मिलन डि काप्रिको निर्देशनमा तयार फिल्ममा कर्माले एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निर्वाह गरेका छन् । मिलनको यो डेब्यु निर्देशन हो ।

फिल्ममा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, असिम लामालगायतका कलाकारहरुको अभिनय छ ।

शिशिर लिम्बु वानेमको कथा र पटकथा रहेको फिल्ममा महेश दवाडीको संवाद, आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक काप्रीको सम्पादन छ ।

बैशाख २३ देखि अलनेपाल प्रदर्शनमा आउने फिल्म क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्