‘शमशेर’मा प्रकाश र सुमनकोपनि इन्ट्री



रंगखबर, काठमाडौँ – एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरमा बन्न लागेको फिल्म ‘शमशेर’मा दुई नयाँ कलाकार अनुबन्धित भएका छन् ।

निर्माण पक्षले कलाकार प्रकाश शाह र एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थी सुमन थापालाई अनुबन्धित गरेको हो । कलाकार शाहले यसअघि फिल्म ‘साङ्लो’ र ‘लभ स्टेशन’मा अभिनय गरिसकेका छन् ।

प्रकाश र सुमनले आ-आफ्नो भूमिका दमदार र चुनौतीपूर्ण भएकाले काम गर्न राजी भएको बताएका छन् ।

निर्देशक र मुख्य अभिनेत्री नै फाइनल नभएको फिल्ममा यसअघि नै मनिष राउत, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली कलाकारको रुपमा फाइनल भैसकेका छन् ।

छिट्टै नै छायांकनमा जाने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । फिल्मलाई काठमाडौँ, सोलुखुम्बु, ढोरपाटन र दुबईमा छायांकन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्