भदौ अन्तिममा ‘झिँगेदाउ’ रिलिज घोषणा, अन्य दुई फिल्मसँग टक्कर



रंगखबर, काठमाडौँ – आगामी वर्ष २०७९ को भदौ ३१ तीन नेपाली फिल्मबीच बक्सअफिस टक्कर हुने भएको छ ।

यो मितिमा सबैभन्दा पहिले धिरज मगर र अदिति बुढाथोकी अभिनित ‘बाबरी’ले रिलिज तोकेको थियो । केहि दिन अगाडी मात्रै फिल्म ‘लाखे’पनि थपिएपछि दुई फिल्मबीचको टक्कर पक्का भएको थियो ।

‘लाखे’मा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशील सिटौला, रोहित रुम्बा, अर्पण थापा, प्रशान्त ताम्राकार जस्ता चिरपरिचित कलाकारहरुको अभिनय छ ।

अब यहि मितिमा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुषाल अभिनित फिल्म ‘झिँगेदाउ’पनि रिलिज हुने भएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मले एक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फाइनल गरेको हो । फिल्मको पोस्टरमा केकी र आँचल, मुकुन र अर्का मुख्य कलाकार कुशल विष्टको प्रतिस्पर्धा देखाइएको छ ।

साहित्यकार भीमनिधि तिवारीको कथा कृतिमा आधारित ‘झिँगेदाउ’मा प्रदीप भारद्वाजको पटकथा/संवाद छ ।

कपनगढी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन र मित्र डि. गुरुङको सम्पादन छ ।

फिल्मलाई सुलभ, समिक्षा र सुशील मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्